युवा समाजसेवी तथा सफल व्यवसायी टेकबहादुर पाेखेल (प्रभुराम) ले राष्ट्रिय स्वतन्त्र पार्टीवाट उम्मेदवारी घाेषणा गरेका छन्।
पाेखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी प्रस्तुत गरेका हुन्।
रवि लामिछाने नेतृत्वको पार्टीबाट उनले मनाेनयन दर्ता गरेकाे निर्वाचन आयाेगले जनाएकाे छ।
मनाेनयन दर्ता गर्ने पुगेका पाेखरेलले सञ्चारकर्मीहरू संग कुरा गर्दै पुराना पार्टी र पद्धतिबाट देश अनिर्णयको बन्दी बन्दै गइरहेकाे र देशमा व्याप्त भष्टाचार, बेथिति अन्त्यका लागि आफ्नाे दावी प्रस्तुत गरेकाे बताए।
पाेखरलले भने, 'देशमा व्यक्तिको शासन भन्दा पनि विधिकाे शासन कायम गर्न मुख्य चुनाैती हाे।समाज रूपान्तरणमा घण्टी चिन्ह महत्त्वपूर्ण सावित हुनेछ। हामीले धेरैलाई हेर्याैँ, एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताहरू र आम मतदाताहरूले एक पटक विश्वास दिनुहुन्छ भने अपेक्षा गरेकाे छु।'
जनताहरूले रवि नेतृत्वको पार्टीलाई जन विश्वास कायम गर्ने विश्वासकाे अपेक्षा गरेकाे स्थानीयहरूकाे भनाइ थियाे।