इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर-१ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मनोनयन दर्ता गराएका छन्। खनालको अनुपस्थितिमा एकीकृत समाजवादीका प्रतिनिधि दीपक पौडेलले मनोनयन दर्ता गराएका हुन्।
त्यस्तै सोही क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट जिल्ला अध्यक्ष महेश बस्नेतले मनोनयन गर्दा गराएका छन्। सोही क्षेत्रमा स्वतन्त्रको तर्फबाट विक्रम पाण्डेले समेत मनोनयन दर्ता गराएका छन्।
प्रदेशसभातर्फ गठबन्धनको तर्फबाट (क) मा खिनु लङ्वाले मनोनयन दर्ता गराएका छन्। एकीकृत समाजवादीबाट उनले दोस्रो कार्यकालका लागि मनोनयन दर्ता गराएका हुन्। त्यस्तै (ख) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदेशसभा सभापति शम्शेर राईले मनोनयन दर्ता गराएका हुन्।