महोत्तरी क्षेत्र नम्बर १ (क) मा माओवादीद्वारा नेताको स्वतन्त्र मनोनयन दर्ता

माओवादी केन्द्रबाट दुई जना चर्चित नेताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। विशेषगरी महोत्तरी क्षेत्र नम्बर १ (क) बाट राजन ढुङ्गानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

सत्तागठबन्धनको भागबण्डाअनुसार यहाँ  प्रतिनिधिसभा र प्रदेशसभाको लागी (ख) माओवादी केन्द्रको भागमा परेको छ।

(क) मा माओवादी केन्द्रका राजन ढुङ्गानाले स्वतन्त्र मनोनयन दर्ता गरेसँगै निक्कै चर्चा सुरु भएको छ।

गिरिराजमणि पोखरेल निकट मानिने नेता ढुङ्गानाको मनोनयन दर्तालाई लिएर समकक्षी उम्मेदवारसमेत तरङ्गीत बनेका छन्।

अघिल्लो स्थानीय निर्वाचनमा वडामा समेत ढुङ्गाना अध्यक्षमा अत्यधिक मतले निर्वाचित भएका थिए। आफ्नो कार्यकालमा निक्कै कुशलता देखाएका ढुङ्गानाको चर्चा अहिले पनि हुने गर्छ।

वडा नम्बर ३ को भौतिक विकाशदेखि जनताको आधारभूत आवश्यकतामा ढुङ्गानाले पुर्‍याएको योगदान अहिले पनि वडाभरि चर्चा छ।

अध्यक्ष हुँदा नै हेभीवेट बनाएका ढुङ्गानाले स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा प्रतिस्पर्धा गर्ने चाहनासमेत  व्यक्त गरेका थिए। तर अर्का नेता राजु खडकाले टिकट पाएपछि उनी ब्याक भए।

स्वतन्त्र उम्मेदवारी दर्ता गरे पनि ढुङ्गाना अन्य उम्मेदवार भन्दा मुख्य प्रतिस्पर्धी मानिएका छन्। प्रदेशमा मुख्य प्रतिस्पर्धी मानिएकी नेकपा एमालेकी शारदादेवी थापा र गठबन्धनका साझा उम्मेदवार सुरेश राउतको लागिसमेत बलियो प्रतिस्पर्धी भएको नेताहरू बताउँछन्। विशाल बस्नेत 

 

प्रकाशित मिति: : 2022-10-09 20:12:00

प्रतिकृया दिनुहोस्