सरिता गिरीले दर्ता गरिन् स्वतन्त्र उम्मेदवारी

file Photo
file Photo

सरिता गिरीले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेकी छन्।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले सिरहा-१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन्।

लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नेपालको नक्सा अद्यावधिक गर्न गरिएको संविधान संशोधनको विपक्षमा अभिव्यक्ति दिएपछि सरिताको सांसद पद जसपाले खोसेको थियो। जस कारण उनले अहिले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन्।

प्रकाशित मिति: : 2022-10-09 15:00:00

प्रतिकृया दिनुहोस्