दाङ क्षेत्र नं–२ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इञ्जिनियर विशाल अधिकारीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर इञ्जिनियर अधिकारीले उम्मेदावारी मनोनयन दर्ता गराएका हुन्। स्वतन्त्र लड्ने तयारी गरेका अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्।
उनले वैकल्पिक राजनीतिमा विश्वास राख्ने युवाहरुसँगको छलफल, सल्लाह तथा सुझाव अनुसार दलमा आवद्ध नहुने गरि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह्र घण्टी लिएर निर्वाचनमा होमिएको बताए।