उम्मेदवारी दर्तापछि रेखा थापाले भनिन्– यो युवाले गरेको विद्रोह हो

राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन्।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ-३ बाट उम्मेदवारी दर्ता गरेकी हुन्।

आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रुपमा लिएको बताएकी उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरिन्।  

उनले आफ्नो उम्मेदवारी दर्ता र राजनीतिक यात्रा समयको माग भएको बताइन्।

उनले उम्मेदवारी दर्तापछि फेसबुकमा लेखेकी छन्, ‘आज मोरङका जनताको सेवाका लागि विगत ३० बर्षदेखि संसदमा पुगेका दलका नेताहरुले मोरङवासीका लागि गरेको काम हेर्दा, समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो।उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरिन्। 

मोरङको समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गर्दै रेखाले यसपटक पैसाले भोट किन्ने प्रथाको अन्त्य हुने विश्वास व्यक्त गरेकी छन्।

जनतालाई झुट बोलेर सांसद बन्ने प्रथाको अन्य हुनेछ। छिट्टै मैले मेरा केही योजनाहरु सहित तपाईको वीचमा आफूलाई उभ्याउने छु। संसदीय इतिहासमा मोरङले परिर्वतनका लागि विद्रोह गर्दैछन्’ उनले भनेकी छन्।

उनले आफ्नो जित भनेकै मोरङवासीको जित भएको उल्लेख गरेकी छन्।

उम्मेदवारी दर्तापछि रेखा थापाले फेसबुकमा लेखेकी छन् :

मेरो राजनितीक यात्रा समयको माग हो, आज मोरङका जनताको सेवाका लागी, विगत ३० बर्ष देखि संसदमा पुगेका  दलका नेताहरुले मोरङबासीकालागी गरेको काम हेर्दा, समाजले एउटा नेतृत्व वाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताकाखातिर युवाले गरेको विद्रोह हो। अब पनि हामी नबोले, आमीले आवाज नउठाए कस्ले उठाउछ? देश बनाउन् कसम खाएका नेताहरुले देश त परै जावस आफ्नो समाजको लागि पनि उत्तरदायी बन्न किन सकेनन्? किन हामी मोरङवासी सधै देशको, राजनीतिको केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परेका छौँ त? यस्तै तमाम समस्याले गर्दा मैले, मोर क्षेत्र नै ३ वाट युवा विद्रोहको रुपमा उमेदवारी दिएकी छु। रंगमन्चको पर्दामा रेखाथापाको जुन खालको योगदान थियो अव नेपाली समाजको, मोरबासीको, आमाहरु अनि छोरीहरुका लागि विशेष योजना सहित  विशेष काम गर्ने छु।

यसपटक पैसाले भोटकिन्ने प्रथाको अन्त्य हुनेछ। यसपटक  जनतालाई झुट कोलेर संसद बन्ने प्रथाको अन्य हुनेछ। छिट्टै मैले मेरा केही योजनाहरुसहित तपाईंको विचमा आफुलाई उभ्याउने छु। यसपटक मोरङले राजनीतिक उच्च चेतना प्रदर्शन गर्नेछ, मोरङबासी राजनीतिक दाश होइनन्, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन्, भनेर गतिलो जवाफ दिनेछन् भन्ने विश्वासका साथ संसदिय इतिहाँसमा मोरङले  परिर्वतनका लागि विद्रोह गर्दैछ, त्यो चेतनसिल विद्रोहमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधैँ उच्च सम्मान गर्ने छु। मोरङबासीको जित सुनिश्चित छ।

प्रकाशित मिति: : 2022-10-09 13:16:00

प्रतिकृया दिनुहोस्