लालबाबु पण्डितले मोरङ–६ बाट उम्मेदवारी दर्ता गराए

नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डितले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।

उनले मोरङ क्षेत्र नम्बर–६ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

पण्डित २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए। उनले कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई पराजित गरेका थिए। कांग्रेसबाट कोइरालाले नै टिकट पाएका छन्।

यस्तै एमालेबाट प्रदेश (क) मा रिता न्यौपाने र (ख) मा पर्शुराम बस्नेतले उमेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति: : 2022-10-09 13:05:00

प्रतिकृया दिनुहोस्