रवि लामिछानेले गराए उम्मेदवारी दर्ता 

file Photo
file Photo

राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष  रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्।

उनले चितवन-२ बाट उम्मेदवारी दर्ता गराएका हुन्। सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाएका छन्।

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ।

प्रकाशित मिति: : 2022-10-09 12:56:00

प्रतिकृया दिनुहोस्