कांग्रेसले दिएन स्वर्णिम वाग्लेलाई टिकट

File photo
File photo

नेपाली कांग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट नदिने भएको छ। 

चितवन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका उनलाई पार्टीले टिकट नदिने पक्का जस्तै भएको छ।

वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो।

उनले काठमाडौं ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका थिए।

तर चितवन १ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेललाई टिकट दिइएको छ भने काठमाडौं ५ मा प्रदीप पौडेलले टिकट पाएका छन्।

प्रकाशित मिति: : 2022-10-09 12:41:00

प्रतिकृया दिनुहोस्