पुकार बमले गरे मनाेनयन दर्ता

सामाजिक तथा राजनीतिक अभियन्ता पुकार बमले काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि मनाेनयन दर्ता गरेका छन्।

बमले बिआइसीसी भवनस्थित काठमाडाैँ १ काे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेर मनाेनयन दर्ता गरेका हुन्।

उनले रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे तर्फबाट मनाेनयन दर्ता गरेका हुन्। सुरूमा स्वतन्त्र उम्मेदवारी दिने घाेषणा गरेका उनले अन्तिम समयमा आएर रास्वपाकाे घण्टी चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्ने निर्णय गरेका थिए।

बम स्वर्गीय उज्वल थापासँगै तत्कालिन विवेकशील नेपाली दलका एक जना संस्थापक हुन्। बम २०७२ सालको भूकम्पमा राहत वितरण, कोरोना महामारीको समयमा विपन्नलाई नि:शुल्क खाना खुवाउने र अस्पतालमा कोरोना भाइरसका गम्भीर बिरामीका लागि अक्सिजन वितरण अभियानमा सक्रिय थिए।

प्रकाशित मिति: : 2022-10-09 12:25:00

प्रतिकृया दिनुहोस्