आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी

दैलेखको ठाटीकाँध गाउँपालिका- ३ खुड्खुडीका लालबहादुर आले मगर तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थे। हिँडेर घट्ट पुगे पनि सित्तिमित्ती पालो पाउदैनन् थिए। दुईदेखि चार घण्टा पालाे कुरेपछि मात्रै पिसेर घर फर्किन्थे। बिहान भिसमिसेमै घट्ट पुगे बेलुका अबेर मात्रै फर्कन सक्थे।

तर, अचेल उनकाे दिन फेरिएका छन्। गहुँ, मकै पिसानी गर्न दु:खै छैन। गाउँ आधुनिक घट्ट निर्माणसँगै खुड्खुडीका बासिन्दामा याे परिवर्ता आएकाे हाे। ठाटीकाँध- ३ माझखर्ककी मैनकला शाहीका दुःख पनि आलेजस्तै थिए। बिहान भालेको डाकोसँगै उठ्थिन। कुम्लोकुटिरो बाेकेर टार्च बालेर एक महिनालाई पुग्ने गहुँ पिस्न तीनदेखि चार घण्टाको बाटो हिडेर रामघाट खोला पुग्थिन्। सित्तिमित्ती घट्ट पिस्ने पालो पाउदैन थियाे। घट्टमा भीड हुन्थ्यो।

अगाडी पालो नपाउने कुराले मन खिन्न बनाउदै बस्नुपरेको दिन ताजै रहेको अहिले सम्झिन्छिन्, उनी। लालबहादुर र मैनकला जस्तै यहाँका एक सय चार घर परिवारका समस्या उस्तै थिए। तर, अहिले दिन फेरिएका छन्। ठाटीकाँध गाउँपालिका- ३ खुड्खुडीमा आधुनिक घट्ट निर्माण  भएपछि यहाँका एक सय चार घरदुरी लाभावन्वित भएका हुन्। अहिले आधा-एक घण्टामै घट्ट पिस्ने सुविधा छ।

उनीहरूका अब मकै गहुँ पिस्ने समस्या टरेको छ। ठाटीकाँध गाउँपालिका र युयनडिपीको आर्थिक सहयोगमा खुड्खुडी आधुनिक घट्ट निर्माण योजना सम्पन्न भएपछि एकसय चार घर लाभान्वित भएका हुन्।

ठाटीकाँध गाउँपालिका र युयनडिपीको सहयोग गरी कुल पाँच लाख ७५ हजार एक २२ रुपैयाँमा निर्माण सम्पन्न भएको घट्ट बाहकोट, खुड्खुडी र माँझखर्क विशालाका नागरिकका लाभान्वित भएका छन्। अन्न पिस्न आउनेहरूले प्रतिबोरा ज्यालास्वरुप ५० र  ३० केजी पिसेबापत तीन कुरुवा अन्न  कोषमा जम्मा गर्ने गर्ने गरेको आलेको भनाइ छ।

प्रकाशित मिति: : 2022-10-05 16:02:00

प्रतिकृया दिनुहोस्