शेल इको-म्याराथनमा सहभागी हुन नेपाली इन्जिनियर इन्डाेनेसिया प्रस्थान

काठमाडौं विश्वविद्यालयकाे विद्यार्थी टोली ‘शेल इको-म्याराथन प्रतिस्पर्धा इन्डोनेसिया २०२२’ काे प्रतिस्पर्धामा सहभागी हुन इन्डोनेसियातर्फ प्रस्थान गरेकाे छ।

काठमाडाैँमा विश्वविद्यालयमा अध्ययनरत इन्जिनियारिङका विद्यार्थीहरूले आफूले बनाएकाे गाडीकाे नमुना लिएर बुधबार त्यसतर्फ प्रस्थान गरेकाे सामाजिक अभियान्ता भीम उपाध्ययले जानकारी गराएका छन्।

उक्त विश्वविद्यालका मेकानिकल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरुले बनाएकाे गाडी अन्तराष्ट्रियस्तरको प्रतियोगिता प्रतिस्पर्धामा छनोट भएकाे थियाे।

विद्यार्थीहरुका अनुसार उक्त गाडी १ लिटर इन्धनबाट १ सय ५० किलोमिटरभन्दा बढी गुड्छ।

नेपालबाट प्रतिनिधित्व गर्दै इन्डोनेसियामा हुने विश्वस्तरीय प्रतिस्पर्धामा सहभागी हुने प्रतिभाशाली विद्यार्थीहरूलाई काठमाडाैँ विश्वविद्यालयलगायतले आर्थिक सहयाेग गरेका छन्।

प्रतिस्पर्धा इन्डोनेसियामा अक्टोबर ११-१५ सम्म हुँदैछ।

नेपाली विद्यार्थीले बनाएकाे गाडी ‘सेल इको म्याराथनमा’ प्रतिस्पर्धा हुने, सहयोगको लागि अनुरोध

प्रकाशित मिति: : 2022-10-05 14:43:00

प्रतिकृया दिनुहोस्