वर्षाका कारण गोरुसिङ्गे-सन्धिखर्क सडक खण्ड अवरूद्ध

गएरातिदेखि परेको अविरल वर्षाका कारण अर्घाखाँचीकाे गाेरूसिङ्गे–सन्धिखर्क सडक खण्ड अवरूद्ध बनेकाे छ।

घुम्ती, नरपानी लगायतका क्षेत्रमा पहिराे खसेपछि सडक खण्ड अवरूद्ध भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ। पहिराे खसेर घुम्ती नजिक तल्लो र उपल्लो सडक पूर्ण रुपमा अवरुद्ध भएको भएकाे छ।

अहिले सन्धिखर्क नगरपालिकाको जेसिबी र डिभिजन सडक शिवपुरको लोडरको सहयताबाट सडक सूचारु गर्ने प्रयास गरिएको छ।

प्रकाशित मिति: : 2022-10-05 11:09:00

प्रतिकृया दिनुहोस्