हिमा गाउँपालिकाले कारागारका कैदीबन्दीलाई दियो दशैं मनाउन खसी

जुम्लाको हिमा गाउँपालिका कारागारका कैदीबन्दीलाई दशैं मनाउनका लागि खसी दिएको छ।

असोज १६ गते बिहान फुलपातीका दिन गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले दशैं मनाउन खसी उपहार दिएका हुन्।

विभिन्न कारणले कारागारमा बन्दी जीवन बिताइरहेकालाई दशैं मनाउन सहज होस भन्ने उद्देश्यका साथ खेलकुदका (व्याडमेन्टन) सामग्री र खसी उपलब्त्र गरिएको अध्यक्ष शाहीले बताए।

कारागारका कैदीबन्दीले गाउँपालिका अध्यक्ष शाहीलाई धन्यवाद ज्ञापन गरेका छन्। 

जुम्ला कारागार महिला ८० जना र पुरुष १२० जना गरी दुई सय जना क्षमताको छ। हाल कारागारमा ३ जना महिलासहित १०८ जना कैदीबन्दी रहेका छन्।

प्रकाशित मिति: : 2022-10-02 17:58:00

प्रतिकृया दिनुहोस्