ठाडा दहमा डुबेर एक जनाको मृत्यु

बिएल संवाददाता

 अर्घाखाँची 
file photo
file photo

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेको डमरु दहमा डुबेर एक व्यक्तिको ज्यान गएको छ।

दहमा डुवेका शितगंगा ३ दह निवासी ३७ वर्षिय खिम बहादुर नेपालीको घटनास्थलमै ज्यान गएको हो।

विहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानियले पानी मुनि हिलोमा गडेको अवस्थामा उद्धार गरेका थिए।

उद्धार गर्नासाथ नेपालीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्याइएको छ। प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घोषणाको लागि भएपनि अन्यत्र पठाउने तयारी गरिएको छ।

पानी मुनीबाट उद्धार गरिएका नेपालीको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीले बताए। 

'यहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घोषणा नगरेसम्म मृत भन्न मिल्दैनू रेग्मीले भने, 'तर उहाँ जिवित भने हुनुहुन्न।'

नेपालीको परिवारमा आमा, श्रीमती र दुई छोरी छन्। श्रीमती भने रोजगारीको क्रममा भारतमा रहेकी छन्। हरिप्रसाद भुसाल 

प्रकाशित मिति: : 2022-10-02 12:00:00

प्रतिकृया दिनुहोस्