‘हुरेक’ नेपालको अध्यक्षमा आचार्य

मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल, रोल्पामा भोलानाथ आचार्य (बिएन) चयन भएका छन्।

शुक्रबार सम्पन्न २६औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनले आचार्यलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो। 

त्यस्तै, सभाले उपाध्यक्षमा पिपला घर्तीमगर, सचिवमा हस्तमाली बाँठामगर, कोषाध्यक्षमा शुभद्रा रेग्मी आचार्य तथा कुमार पोखरेल, प्रतिभा श्रेष्ठ, केशवकुमार आचार्य, पूर्णिमा विक र रुपा विकलाई कार्यसमिति सदस्यमा चयन गरेको छ।

अध्यक्ष आचार्य राेल्पा जिल्लाका विभिन्न सामाजिक संघ–संगठनमा सक्रिय छन्।
 

प्रकाशित मिति: : 2022-09-30 21:53:00

प्रतिकृया दिनुहोस्