पिकअप भ्यानको ठक्करबाट वृद्वाको मृत्यु

Symbolic photo
Symbolic photo

पिकअप भ्यानको ठक्करबाट शुक्रबार तनहुँमा एक पैदल यात्री वृद्वाको मृत्यु भएको छ।

जिल्लाको म्याग्दे गाउँपालिका–२ बस्ने ७० वर्षकी ईन्दुमाया नेपालीको मृत्यु भएको हो।

सोही गाउँपालिका–३ बस्ने २४ वर्षीय गणेश थापाले चलाएको सामान बोक्ने ग २ च ७०६० नम्बरको सो भ्यानले ठक्कर दिँदा सख्त घाइते नेपालीको उपचारको क्रममा मृत्यु भएको हो जिप्रका तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए। 

चालक र सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिप्रका तनहुँका प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए। 

प्रकाशित मिति: : 2022-09-30 21:35:00

प्रतिकृया दिनुहोस्