जनकपुरमा श्रीमतीको हत्याकाे आरोपमा श्रीमान पक्राउ

File Photo
File Photo

धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्। मिथिला विहारी नगरपालिका-५ ललियाका ४५ वर्षीया जिवछी देवी मण्डलको हत्या आरोपमा उनका श्रीमान रामा मण्डल पक्राउ परेका हुन्।

जिवछी देवीको शव यही असोज ४ गते हत्या भएको अवस्थामा बासघारीमा फेला परेको थियो। खेतमा काम गर्न गएको बेला ऋण तिर्ने विषयमा श्रीमान–श्रीमतीबीच छलफल भएको र सोही छलफलमा श्रीमतीले श्रीमानको बुबाको नाम जोडेर गाली गलौज गर्दा आवेशमा आएर रामा मण्डलले कोदालोले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ।

हत्या पश्चात मण्डलले कोदालो अरुको खेतमा फालेर श्रीमतीले लगाएको चुरा फुटाएर त्यहाँबाट भागेका थिए। रामा मण्डललाई प्रहरीले घटनाको चार दिनपछि किरिया बसेको अवस्थामा पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति: : 2022-09-26 19:16:00

प्रतिकृया दिनुहोस्