नागरिकको संवेदनशील विषयमा प्रहार भयाे : गृहमन्त्री खाँण

गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले जीवनसँग संवेदनशील रहेको विषय नागरिकतामा प्रहार भएको बताएका छन्।

रुपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जीवन मृत्युको आधारको रुपमा रहेको नागरिकता कुनै बहानामा आफूहरूले रोक्याे भने त्योभन्दा ठूलो असम्यता केही नहुने बताए।

‘जीवनसँग संवेदनशील रहेको विषयमा पनि प्रहार भएको छ। सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीककृत समाजवादीलगायत पार्टी एक ढिक्का हुँदा पनि असंवैधानिक कदम चालिएको छ,’ उनले भने।

गठबन्धनलाई नेपाली कांग्रेसले बचाएन भने नेपालको संविधान, लोकतन्त्र, जनताको अधिकारमाथि प्रहार हुने भन्दै उनले आगामी निर्वाचनका लागि उम्मेदवार बन्नेकाे संख्या धेरै देखिनुले  कांग्रेस संकटमा छैन भन्ने सन्देश रहेकाे बताए।

‘संविधानको पालना सबैले गर्नुपर्छ। सरकारले पनि गर्नुपर्छ हामी सबै पालना गर्न प्रतिबद्ध छौँ। देशका अन्य राजनितिक शक्तिहरु पनि प्रतिबद्ध हुनुपर्छ यो लोकतान्तित्रक मूल्यपद्धतिको मूल आधारशीला नै हो। आधारशीलालाई भत्काउने कोशिश भएको छ। प्रतिनिधिसभ र राष्ट्रिय सभाबाट दुई पटक  पारित गरेर पठाएकाे नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले अहिलेकाे राजनीतिक व्यवस्था र सविधानविपरीत कार्य गरेर लोकतान्त्रिक मूल्यलाई कमजोर बनाइएको छ,’ गृहमन्त्री खाँणले भने।

प्रकाशित मिति: : 2022-09-26 13:01:00

प्रतिकृया दिनुहोस्