प्रधानमन्त्रीको अफर छ, तर त्यो प्राथमिकता होइन : प्रचण्ड

File Photo
File Photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्। प्रेस सेन्टर चितवनले आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताए।

‘म प्रधानमन्त्रीको रेसमा होइन, लोकतन्त्रको रक्षा, राष्ट्रको रक्षा र संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो। आर्थिक विकास र समृद्धि मेरो पहिलो प्राथमिकता हो’, उनले भने, ‘मैले चाहेको भए २०७४ को निर्वाचनपछि पाँचै वर्ष प्रधानमन्त्री हुने अफर थियो। त्यसपछि पनि थियो। अहिले भर्खर पनि छ । तर प्रधानमन्त्री मुख्य होइन।’

संविधान, राष्ट्रियताको रक्षा, आर्थिक विकासको वातावरण बनाउने र त्यसका निम्ति समर्पित गराउने उनले प्रतिबद्धता व्यक्त गरे। लोकतन्त्रको नयाँ परीक्षा मंसिर ४ गतेको चुनाव भएको भन्दै उनले त्यसको फैसला अब जनताको हातमा पुगिसकेको बताए। ‘चितवनका जनता सचेत छन्। राष्ट्रियता र आर्थिक विकासको पक्षमा जनता हुन्छन् भन्ने विश्वास छ’, उनले भने।

प्रकाशित मिति: : 2022-09-26 11:38:00

प्रतिकृया दिनुहोस्