नवौं राष्ट्रिय खेलकुदमा एपिएफका ५३४ खेलाडी सहभागी हुने, ३१ विधामा भाग लिने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा प्रदर्शन गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा हल्चोकमा ट्रफी प्रदर्शन गरिएको हो।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशको पोखरामा संचालन हुने ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सातै प्रदेश तथा तीन विभागीय टीममा प्रदर्शन गरिने योजना छ।

अर्यालले रनिङ ट्रफीलाई विजयको प्रतिकको रुपमा लिइ एपिएफ क्लबबाट सहभागी हुने खेलाडीले उच्च मनोबलका साथ पूर्ण क्षमता र खेल भावनाको अनुशरण गरी खेल्नुपर्ने बताए।

पोखरा लगायत आसपासका जिल्लामा संचालन हुने प्रतियोगितामा ३६ खेल विधा समावेश हुनेछ। प्रतियोगितामा एपिएफ क्लबबाट ३१ खेल विधामा ५३४ जना खेलाडीको सहभागिता रहने जनाइएको छ।

प्रकाशित मिति: : 2022-09-26 08:13:00

प्रतिकृया दिनुहोस्