सरकारले गर्‍यो पाँच सचिवको सरुवा

सरकारले थप पाँच सचिवको सरुवा गरेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयका सचिवको सरुवा गरिएको हो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ। खेलकुदका सचिव डा.दामोदर गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त सरुवा गरिएको छ। केही दिनअघि सरुवा भई अतिरिक्तमा रहेका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव९कानुन० धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ। कानुनका उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। 

यद्यपि कानुनतर्फको हकमा म्याचुअर्ड हुन बाँकी छ।

प्रकाशित मिति: : 2022-09-25 19:59:00

प्रतिकृया दिनुहोस्