सशस्त्र प्रहरी धनुषाले नगराईन नगरपालिका –२ स्थित जटहीबाट करिव १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित भारतका ५० बर्षिय
चन्द्रकान्त झा लाई पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ आउदैं गरेका झालाई लुकाई छिपाई शरीरमा बाँधेर ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको १९ के.जी. ४ सय १७
ग्राम चाँदीसहित पक्राउ गरिएको हो।
पक्राउ परेका झालाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा धनुषामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताएका छन्।