बुटवलमा सडक क्षेत्र र फुटपाथ खाली गर्न ३ दिनको अल्टिमेटम 

सडकको क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न बुटवल उपमहानगरपालिकाले तीन दिनको अल्टिमेटम दिएको छ।

उपमहानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरुका सडक क्षेत्रमा बनेका संरचना, राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कसपहरु हटाउन तीन दिनको म्याद दिएको हो। 

उपमहानगरका अधिकृत डोलराज पौडेलले जारी गरेको हस्ताक्षरित सूचनामा सडकको पेटी, चोक चौराहामा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायतका सामानहरु राखेर अवरोध गर्ने गरेको देखिएकोले ३ दिनभित्र खाली गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति: : 2022-09-09 19:43:00

प्रतिकृया दिनुहोस्