काँग्रेस नेता तथा पू्र्व प्रधानमन्त्री इन्दिरा गान्धीका नाती राहुल गान्धी आजसम्म हरेक काममा पूर्णत असफल छन्। तर उनको विरोध गर्ने आँट कुनै काँग्रेसी नेता तथा कार्यकर्ताको छैन, किनकि भारतीय समाज यत्रो ठुलो साहस गर्न सक्दैन।
हाल उनी एक सय पचास दिनको कन्याकुमारीदेखि कश्मीरसम्मको ‘भारत जोडो’ नामक पदयात्रामा छन्।
तीन हजार पाँच ७० किलोमिटर लामो यो यात्रामा उनलाई करिब एक सय मान्छेले साथ दिएका छन्। उनले यस यात्रामा लगाइएकाे टिसर्टको मूल्य भारतीय रुपैयाँ ४१ हजार दुई सय ५७ पर्ने भनेर विरोधीहरुले आलोचना गरेका छन् भने उनका कार्यकर्ताहरुले त्यसलाई सामन्य रुपमा लिनुपर्ने भन्दै गान्धीको चाकरी गर्ने अवसरलाई उपयोग गर्दै छन्।
जबसम्म यस्ता लम्पट कार्यकर्ताहरु हुन्छन्, त्यस बेलासम्म देशको कहिले पनि उन्नति नहुने निश्चित छ।
नेपालमा पनि नेताको जय जयकार गर्ने लम्पट कार्यकर्ताहरुको कुनै कमी छैन, जो नेतालाई भगवान मान्छन्।