एमाले सचिवालय बैठक सुरु 

प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो।

जारी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ।

सत्तारुढ दल गठबन्धन गरेर चुनावी मैदानमा होमिन लागेको छ। तर, हालसम्म गठबन्धन र तालमेलको निर्णय गरिनसकेको एमालेले चुनावी तयारी र रणनीति बनाउने विषयमा छलफल गर्न सचिवालय बैठक राखेको हो।

प्रकाशित मिति: : 2022-08-11 14:11:00

प्रतिकृया दिनुहोस्