जिरीका वरिष्ठ समाजसेवी तथा पर्यटन व्यवसायी जिरेल सम्मानित

बागमती प्रदेश सरकारद्वारा दोलाखाकाे जिरीका वरिष्ठ पर्यटन व्यवसायी केशरबहादुर जिरेल सम्मानित भएका छन। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा एक समारोहबीच प्रदेशका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान दिने क्रममा जिरेल पनि पदकसहित सम्मानित भएका हुन्।

नेपालको स्विट्जरलेण्ड भनेर चिनिने पर्यटननगरी जिरीमा जिरेलको ३ दशक लामो समय होटल व्यवसायीमा अनुभव रहेको छ। उनी जिरी बजारमा पुरानो होटल मध्यका 'ग्याबिला होटल' का सञ्चालक समेत हुन्। जिरी बजारमै चर्चित 'ग्याबिला होटल' स्वदेशी तथा विदेशी पाहुनाको माझ लोकप्रिय छ।

एसएलसीसम्मको अध्ययन पूरा गरेको जिरेल स्वीस सरकारको सहयोगमा २ वर्षे चिज मेकरको तालिम लिएर दुग्ध विकास संघमा अस्थायी रुपमा जागिर सुरु गरेका थिए।

दुग्ध विकास संस्थानमा कार्यरत हुँदा कामकै सिलसिलामा उनी २०४३ सालमा चिज तालिम अन्तर्गत फिलिपिन्स गएका थिए। दुग्ध विकास संस्थानमा २७ वर्ष काम गरिरहेका उनले २०५७ सालमा सरकारी जागिर छाडेरै होटल व्यवसायको थालनी गरेका थिए चिज टेक्निसीयनका रूपमा उनी फिलिपिन्स, स्वीजरल्याण्ड, अमेरिका, हङकङ, थाइल्याण्ड, भारत लगायतका थुप्रै देशमा गएर तालिम समेत लिएका छन।

विभिन्न समाजसेवामा आवद्ध जिरेल करिब २४ वर्षदेखि होटल व्यवसायमा संलग्न छन  उनलाई श्रीमतिसहित परिवारले सघाइरहेका छन।

प्रकाशित मिति: : 2022-07-16 09:29:00

प्रतिकृया दिनुहोस्