अब परिवर्तनकाे लागि आन्दाेलन गर्नु पर्दैन, जनताकाे मन जिते पुग्छ : सुवास नेम्वाङ

नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले परिवार्तनकाे लागि आन्दाेलनग गर्नु पर्ने दिन गएकाे बताएका छन्।

नेपाल ल क्याम्पसकाे स्थापना दिवासका अवसरमा शुक्रबार आयाेजित कार्यक्रममा बाेल्दै नेता नेम्वाङले देशकाे परिवर्तनकाे लागि आन्दाेलन छाडेर जनताकाे मन जिते पुग्ने बताएका हुन्।

‘अहिलेकाे संविधान जनताकाे लागि बनाइएकाे हाे। अब परिवर्तनकाे लागि आन्दाेलन गर्नु पर्दैन जनताकाे मन जित्नुहाेस्, संसदमा जानुहाेस्, राम्राे व्यक्ति बन्नुहाेस्,’ नेता नेम्वाङले भने।

उनले व्यक्ति मन नपरे पार्टी खाेल्नेसम्म छुट भएकाे बताए।

प्रकाशित मिति: : 2022-07-01 13:47:00

प्रतिकृया दिनुहोस्