घोराही न्यायीक समिति : एक वर्षमा २३९ मुद्दा परे, सबैभन्दा धेरै जग्गा रोक्काका १२८ वटा

घोराही उपमहानरपालिका अन्तरगत गठित न्यायीक समितिमा यस चालु आर्थिक वर्षको १२ महिनामा २३९ वटा मुद्दा परेका छन्।

कुलोपानीदेखि मानाचामलसम्मका विवाद घोराहीको न्यायीक समितिमा परेको छ।

कुल २३९ वटा मुद्दा मध्ये सबैभन्दा धेरै जग्गा रोक्काको विवाद १२९ वटा परेको न्यायीक समितिकी संयोजक तथा घोराही उपमहानगरपालिकाकी नगर उपप्रमुख हुमा डिसीले जानकारी दिइन्।

उनका अनुसार घोराहीमा परेको २३९ वटा मुद्दा मध्ये २१८ वटा मिलापत्र भएको छ भने २१ मुद्दा भने मिलापत्र हुन बाँकी रहेको छ।

गएको असारदेखि यही साउन १६ गतेसम्म परेको मुद्दामध्ये घोराहीमा सबैभन्दा धेरै जग्गा राक्काका १२९ वटा परेका छन्। जसमध्ये १२८ मुद्दा मिलापत्र भएको छ भने १ वटा बाँकी रहेको छ।

त्यस्तै लेनदेनको १३, जग्गा विवादको ५०, घरभाडाको २, वातावरण २, घरेलु हिंसा ११, मानाचामलको ४ र अन्य २४ वटा मुद्दा परेका छन्।

प्रकाशित मिति: : 2022-07-01 13:23:00

प्रतिकृया दिनुहोस्