कुटपिट मुद्दाका आरोपित १४ वर्षपछि पक्राउ

Symbolic photo
Symbolic photo

सप्तरी प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रुपनी गाउँपालिका ५ बसविट्टी ४८ वर्षीय सिताराम चौधरी रहेका छन्। उनलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको हो।

कुटपिट अंगभंग मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजको २०६५ जेठ १३ गतेको फैसलाले चौधरी दोषी ठहर गरेको थिए। 

साढे ७ दिन कैद र १ सय ७७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेको उनलाई गाउँमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए। पक्राउ परेका चौधरीलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको छ।

प्रकाशित मिति: : 2022-06-30 21:38:00

प्रतिकृया दिनुहोस्