पाेखराका ठाउँ–ठाउँमा पहिराे र डुबान, प्रभावितलाई सुरक्षित स्थानमा सारियो

अविरल वर्षासँगै पाेखराका ठाउँठाउँमा पहिराे र बाढीले बस्ती डुवानमा परेकाे छ। शनिवार बिहानै पाेखरा २५ सुईखेतमा डेढसय घर डुवेकाे छ।

पहिराे खसेर खाेला थुनिएपछि निकास राेकिएकाे छ। त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएकाे वडाध्यक्ष माेतीराज तिमिल्सिनाले जानकारी दिए।

बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण क्षति भएकाे उनकाे भनाई छ। यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खाेलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ। मानवीय क्षति भने भएकाे छैन। अन्य क्षेत्रका पनि सडक बगाएकाे छ। यातायात अबरुद्द भएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2022-06-25 10:59:00

प्रतिकृया दिनुहोस्