अखिल (छैठौं)को माग मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

Breaknlinks
Breaknlinks

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)ले आयल निगमले पटक पटक गरेको मूल्यवृद्वि तत्काल फिर्ता नलिए कडा अन्दोलनमा उत्रने चेतावनी दिएको छ।

मंलबार अध्यक्ष देवेन्द्र कुँवरले एक विज्ञप्ति जारी गर्दै जनताको ढाड सेक्ने गरी भैरहेको मूल्यवृद्वि तत्काल फिर्ता लिन माग गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ–

‘पटक पटक नेपाली जनताको ढाड सेक्ने गरि नेपाल आयल निगमले गरेको मूल्यवृद्धिप्रति अखिल (छैठौं) को गम्भीर ध्यानाकर्षण भएको छ। मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दछौँ। आयल निगमले मूल्यवृद्धि फिर्ता नलिए कडाभन्दा कडा आन्दोलन गर्ने र सम्पूर्ण आम सर्वसाधारण जनतालाई आन्दोलनमा उत्रन आव्हान गर्दछौं।

कहिले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाएर त कहिले आयल निगमको घाटा देखाएर पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनको लागि आन्दोलनको विकल्प नभएकोले आन्दोलन ऑधिबेहरी सिर्जना गर्नमा समेत जोड दिन चाहन्छौं।

आज देशको राष्ट्रियता कमजोर बनेको छ, जनजिविकाको सवाल अस्तव्यस्त छ तर सरकार मौन छ, र सत्ताको रस्साकस्सीमा व्यस्त छ। अन्तराष्ट्रिय बजारमा बढेको मूल्य समायोजन गर्ने बाहनामा गरिएको मूल्य वृद्धिको कारण जनताको जनजीवन कष्टकर बनेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम सर्वसाधरणको चुलो नै बन्द हुने र गास नै बन्द हुने अवस्था सिर्जना भएको छ।

मूल्यवृद्धिको असर अन्ततः गरिखाने सर्वसाधारणलाई नै परेको छ यसतर्फ ध्यान नदिनु सरकारको लाचार, गैर जिम्मेवारीपन हो।

तसर्थ नेपाल सरकारलाई दिर्घकालिन रुपमा पेट्रोलियम पदार्थको विकल्पको बारेमा खोज अनुसन्धान गरि कार्यान्वयन गर्न र मूल्य नियन्त्रण नहुन्जेलसम्म पेट्रोलियम पदार्थको आयातमा लगाईएको सम्पूर्ण शिर्षकका कर मिनाहा गर्न र आयातमा सहुलियत दिन समेत जोडदार माग गर्दछौं।’

प्रकाशित मिति: : 2022-06-21 18:19:00

प्रतिकृया दिनुहोस्