करण जौहरविरुद्ध चोरीको आरोप 

File photo
File photo

बलिउड निर्माता–निर्देशक करण जौहरविरुद्ध चोरीको आरोप लागेको छ।

जोहर विरुद्ध गीत र स्क्रिप्ट चोरीको आरोप लागेको हो। उनलाई पाकिस्तानी गायक /राजनीतिज्ञ अबरार उल हकले गीत चोरीको आरोप लगाएका हुन्। 

गायक अबरारका अनुसार करणको रिलिजको तयारीमा रहेको चलचित्र ‘जुगजुग जियो’बाट करन जोहरले गीत चेरेका हुन्। 

जोहरले निर्दाेशन गरेको ‘नाच पंजाबन’ गीतमा आफनो  गीत ‘जुगजुग जियो’बाट चोरी गरेकाे गायक अबरारले सामाजिक सञ्जालमा पोस्ट गर्दै बताएका हुन्। 

“मैले मेरो गीत ‘नाच पंजाबन’ कुनै पनि भारतीय चलचित्रका लागि बेचेको छैन। मसँग यसबाट भएको नोक्सानी दावा गर्न अदालत जाने अधिकार छ। करण जौहर जस्तो निर्माताले गीत चोर्नु हुँदैनथ्यो। यो मेरो छैटौं गीत हो,जसको कपी गरिएको छ र यसको कपीको अनुमति म पटक्कै दिन्नँ” गायक अबरारले ट्विटरमा लेखेका छन्। 

प्रकाशित मिति: : 2022-05-24 12:21:00

प्रतिकृया दिनुहोस्