‘एसईई प्रिन्सेज–२०२२’ का २५ प्रतियोगी छानिए

File photo
File photo

सिजन मिडियाद्वारा आयोजित ‘नामी कलेज एसईई प्रिन्सेस २०२२’ को अन्तिम प्रतिस्पर्धाका लागि २५ प्रतियोगी छनौट भएका छन्। 

एसईई दिएर बसेका छात्राहरूको प्रतिभा निखार्ने उद्देश्यले नियमित आयोजना छ। 

नामी कलेज र ह्वाइट हाउस इन्टरनेशनल कलेज समेत जोडिएको प्रतियोगिताको छनौट चरणको निर्णायक मण्डलमा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, पत्रकार दिपेन्द्र अधिकारी, मोडल तथा नायक कसिस क्षत्री र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसी रहेका थिए।


 

प्रकाशित मिति: : 2022-05-23 15:14:00

प्रतिकृया दिनुहोस्