पूर्व मिस नेपाल मल्भिका सुब्बा विवादमा

File Photo
File Photo

पूर्व मिस नेपाल मल्भिका सुब्बा यतिवेला विवादमा तानिएकी छिन्। यौनहिंसाबाट पीडित युवतीले सहयोग माग्दा बेवास्ता गरेको बताएपछि माल्विका विवादमा तानिएकी हुन्। 

एउटा सुन्दरी प्रतियोगिताबाट शुरु भएको यौनहिंसाको शृंखला आफूले लगातार ७ वर्षसम्म भोग्नुपरेको पीडित युवतीले भिडियोमार्फत बताएकी छिन्। 

युवतीले आफूले सहयोग माग्दा असंवेदनशील व्यवहार देखाउँदै पूर्व मिस नेपाल सुब्बाले सहयोगका लागि अस्वीकार गरेको बताएकी छन्। उक्त भिडियोपश्चात् सामाजिक सञ्जालमा सुब्बाको चर्को आलोचना भइरहेको छ।

युवतीले आफू माथि यौनहिंसा भएको र सहयोग माग्दा सुब्बाले म यस तर्फ संलग्न नरहेको भन्दै युवतीलाई सहयोग गर्न अस्विकार गरेको बताएपछि मल्भिका सुब्बा विवादमा तनिएकी हुन्। 

 

प्रकाशित मिति: : 2022-05-19 13:58:00

प्रतिकृया दिनुहोस्