काठमाडौंको थलीमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

File photo
File photo

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ थली हरीयाली नगरमा आज बिहान ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भइ काठमाण्डौ थली बस्ने अन्दाजी ६० वर्षीय नर बहादुर खड्का रहेका छन्। 

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणटार स्थित शंखरापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बा ४ ख ५००५ नम्बरको पानी ट्याङकरले आज बिहान सवा ८ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो। ट्याङकर सहित चालकलाई प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2022-05-19 12:38:00

प्रतिकृया दिनुहोस्