झापामा अवैध सुन सहित एक जना पक्राउ

File photo
File photo

झापामा अवैध रुपमा लुकाई ल्याएको ३ सय ४९ ग्राम ७ सय मिलिग्राम सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दमक नगरपालिका–२ बस्ने कैलाली जानकी गाउँपालिका–५ वतन भएका ३३ वर्षीय धिरेन्द्र जैसी रहेका छन्। उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल अगाडि सडकमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित फेला पारी उनलाई पक्राउ गरेको हो। 

उनलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय झापामा बुझाइएको छ।

प्रकाशित मिति: : 2022-05-19 12:14:00

प्रतिकृया दिनुहोस्