हुम्लाको ताँजाकाेटका दुई वडामा माओवादी विजयी 

हुम्लाको ताँजाकोट गाउँपालिकाको दुई वडामा वडाध्यक्ष माओवादी केन्द्रका पूरै प्यानल विजयी भएका छन्। 

वडा नम्बर १ मा माओवादी केन्द्रका मनलाल रिठाल सहित पूरै प्यानल विजयी भएको हाे।

एकमा मनलाल रिठालले २२३ मत ल्याएर विजयी भएका हुन्। 

त्यस्तै वडा नं. ५ को अध्यक्षमा पनि माओवादीका मंगल नेपालीसहित पूरा प्यानलै विजयी भएको छ। मंगल नेपालीले ३०७ मत प्राप्त गरेर विजयी भएका हुन्।

प्रकाशित मिति: : 2022-05-14 13:13:00

प्रतिकृया दिनुहोस्