काठमाडौं महानगरपालिका मतगणना : बालेन साहको अग्रता

file photo
file photo

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ।

महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन्।

वडा नम्बर १ र ३२ मा सुरु गरिएको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका हुन्।

वडा नम्बर १ का ५० भोट गन्दा बालेन र कांग्रेसकी उम्मेवार सिर्जना सिंहले ११–११ भोट ल्याएकी छन्। 

एमालेका केशव स्थापितको ९ भोट छ। यस्तै वडा नम्बर ३२ मा २५ भोट गणना हुँदा बालेनको ११, सिर्जनाका ७ र स्थापितको ४ भोट आएको छ।

प्रकाशित मिति: : 2022-05-14 12:13:00

प्रतिकृया दिनुहोस्