महोत्तरीको केही पालिकामा मतगणना सुरू

महोत्तरीमा मतगणनाको विषयमा सर्वदलीय छलफल जारी छ।

जिल्लाका १५ वटै स्थानीय तहमा मतगणनाको मापदण्ड र मतगणनाको समय निर्धारण गर्न छलफल जारी रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ। १५ वटा स्थानीय तहमध्ये जिल्लाको उत्तरी क्षेत्रमा रहेका बर्दिबास नगरपालिका र गौशाला नगरपालिकामा भने अहिले मतगणना सुरु गर्ने निर्णय भएको छ।

बर्दिबास नगरपालिकामा वडा नम्बर ८ मतगणना सुरु गर्ने तयारी भैइरहेको छ भने गौशाला नगरपालिकामा कहाँबाट गर्ने भन्ने समबन्धमा अझै निर्णय हुन सकेको छैन।

निर्वाचन कार्यालयका अनुसार जिल्लाको जलेश्वर नगरपालिकामा बिहान ८ वजेवाट मतगणना सुरु हुनेछ भने महोत्तरी गाउँपालिकामा बिहान ९ बजेवाट सुरु गरिने सर्वदलीय छलफलवाट सर्वसम्मत पारित भएको छ।

जिल्लाका सबै ठाउँको मतपेटिका मतगणनास्थलमा पुर्‍याइ सकिएको छ। ४९७ मतदान केन्द्र र २५८ मतदानस्थलमा ७० प्रतिशत मत खसेको निर्वाचन आयोग महोत्तरीले जनाएको छ।

जिल्लामा जम्मा ७२० पदको लागि ४५६६ जना उम्मेदवार चुनावी मैदानमा छन्।

प्रकाशित मिति: : 2022-05-14 05:57:00

प्रतिकृया दिनुहोस्