मध्यपुर थिमिमा मतगणना सुरू

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा मतगणना सुरू भएकाे छ। शुक्रबार राति सवा १ बजेबाट गणना सुरू भएको हाे।

सर्वदलीय बैठकको निर्णयअनुसार वडा नम्बर १ बाट थालनी गर्दै मतगणना सुरू गरिएको मध्यपुर थिमिका एक निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

४१ हजार ८ सय ४२ मतदाता रहेकाे यहाँकाे मेयर पदमा एमालेका मदनसुन्दर श्रेष्ठ र नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुवनबाग श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीबाट देवीमाया खातीबीच प्रतिस्पर्धा रहेकाे छ।

प्रकाशित मिति: : 2022-05-14 01:49:00

प्रतिकृया दिनुहोस्