सिन्धुलीको घ्याङलेख गाउँपालिकामा प्रहरी र दलका कार्यकर्ताबीच झडप हुँदा दुई म्यादी प्रहरीसहित ५ जना घाइते भएका छन्।
मतपेटिका मतगणनास्थल ल्याउँदा दलीय प्रतिनिधि उपस्थिति नगराएको भन्दै भनाभन सुरु भएपछि शुक्रबार राति ९ बजे झडप भएकाे निर्वाचन अधिकृत विमल थापले बताएका छन्।
घाइते १ म्यादी प्रहरीको गाउँपालिकास्तरीय अस्पताल हायुटारमा उपचार जारी छ। अन्यलाई लाठी र ढुंगा प्रहारबाट सामान्य चोटपटक लगेको छ।