मनाङमा मतगणना कार्य सुरु

file photo
file photo

 मनाङमा मतगणना कार्य सुरु भएको छ।

चार वटा पालिका रहेको मनाङमा ८ बजेदेखि मतगणना कार्य सुरु भएको हो। 

मतदान सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए। 

२८ वटा वडा रहेको मनाङमा कुल मतदाता ६ हजार ४ सय ९६ जनामध्ये ४ हजार ६७ अर्थात् ६२.६० प्रतिशत मत खसेको छ। 
 

प्रकाशित मिति: : 2022-05-13 22:24:00

प्रतिकृया दिनुहोस्