दाङमा करिब ७५ प्रतिशत मत खसेकाे छ।
जिल्लाका दस पालिकाकाे ९९ वडामा भएकाे निर्वाचनमा प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताए।
सात बजेसम्म जिल्लाका सबै पालिकामा शान्तिपूर्ण रुपमा मतदान सकिएको उनले बताए। यकिन रिपोर्ट आउँन भने बाँकी रहेको उनले जानकारी दिए।
बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी चार बजे पानी परेपछि मतदान आधा घण्टा स्थगित भएको थियो। लगतै पानी रोकिएपछि पुनः मतदान सुरु भएको थियो।
दाङमा १ सय ५३ मतदान स्थल र ४ सय ६१ मतदान केन्द्रहरु छन्। जसमा २ लाख ८१ पुरूष, २ लाख ९ हजार ९९ महिला र २ अन्य गरी ४ लाख ९ हजार ९ सय २ मतदाता छन्।
जिल्लाका १० पालिकामा ७० पुरुष र १० महिला गरी ८१ जना प्रमुख तथा अध्यक्षमा र १७ पुरुष र ४६ महिला गरी ६३ जना उपप्रमुख तथा उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन्।
यसैगरी वडा अध्यक्षमा ४ सय ८२ पुरुष र १९ महिला गरी ५ सय १ जना प्रतिस्पर्धामा छन्।
महिला सदस्यमा ३ सय ९५, दलित महिला सदस्यमा ३ सय ५५ र सदस्यहरुमा ७ सय ६६ पुरुष र ४७ महिला गरी ८ सय १३ उम्मेद्वार छन्।
जिल्लामा कूल १ हजार ३ सय ३५ पुरुष र ८ सय ७२ महिला गरी २ हजार २ सय ७ उम्मेदवार रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ।