उदयपुरको त्रियुगा नगरपालिका १२ को मतदान केन्द्रमा मतदान सम्पन्न भए पनि मतपेटिका उठाइएको छैन।
पुरानो गाईघाट बुथमा थोरै मत खसेपछि स्थानीयले वास्तविकता पत्ता लगाउन मतपेटिका उठाउन नदिएका हुन् ।
उनीहरुले घेराउ र नाराबाजी गरिरहेका छन्। सुरक्षाकर्मी व्यापकरुपमा थपिएको बताइएको छ।
यसअघिका अधिकांश निर्वाचनमा ७० प्रतिशतभन्दा धेरै मत खस्ने गरेको उक्त बुथमा आजको मतदानमा मुश्किलले ५० प्रतिशत खसेको हो।
कुल ३१ सय मतदाता रहेको उक्त बुथमा आज अपरान्ह ५ बजेसम्म १६ सय मत खसेको हो।