मतदाता बोकेको जीप दुर्घटनाप्रति प्रचण्डद्वारा दुख व्यक्त 

File Photo
File Photo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज स्याङ्जामा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताएका छन्।

‘स्याङ्जाको वालिङ–१४ अर्खलबास भन्ने स्थानमा आज बिहान मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएको खबरले मर्माहत भएको छु,’ प्रचण्डले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।  

उक्त दुःखद् घटनामा दिवङ्गत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। 

प्रकाशित मिति: : 2022-05-13 18:51:00

प्रतिकृया दिनुहोस्