रसुवामा आज भएको मतदानमा ७० प्रतिशत मत खसेको छ।
जिल्लामा ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए।
जिल्लाका सबै मतदानस्थल तथा मतदान केन्द्रमा मतदानको कार्य सम्पन्न भएको उनले बताए। विस्तृत विवरण संकलन भइरहेको उनले बताए।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात् दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनमा आज (शुक्रबार) जिल्लामा उत्साहमय रूपमा मतदान भइरहेका छ।
जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको कार्य सुरु भएको थियो। मतदान गर्न ७ बजे अघि देखि नै मतदाताहरू लाइनमा बसेका थिए। मतदान केन्द्रहरूमा बिहानैदेखि घुइँचो लागेको थियो। बृद्धबृद्धा, अशक्त, अपांगता लगायतका नागरिकहरूको पनि उत्साहजनक रूपमा मतदानमा सहभागी भएका थिए।
जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ। जसमा २ सय ५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन्। जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली खटिएका छन्।
जिल्लामा ५ वटा गाउँपालिका रहेको छ। जसमा २७ वटा वडा रहेका छन्। जिल्लामा निर्वाचनका लागि १४५ पदका लागि ४६७ जना प्रतिस्पर्धामा छन्। जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन।
अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ। जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन्। जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन्।