गत २४ घण्टामा देशभर २३ संक्रमित थपिए

File photo
File photo

पछिल्लो २४ घण्टामा नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

कुल ५२ सय २२ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरी, आज २ सय १५ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा २४ हजार ६१९ जनाले खोप मन्त्रालयले जनाएको छ ।

आज संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १५ सय ५८ रहेको छ।

प्रकाशित मिति: : 2022-03-27 17:28:00

प्रतिकृया दिनुहोस्