सर्लाहीमा पुलबाट बस खस्दा ४ जनाकाे मृत्यु, ३ दर्जन यात्रु घाइते

Photo-NK
Photo-NK

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकाे फुलजाेर खाेलाकाे पुलबाट बस खस्दा चार जनाकाे मृत्यु भएकाे छ भने ३ दर्जन यात्रु घाइते भएका छन्।

दुर्घटनामा परेर मृत्यु भएका चार जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाइएकाे र घाइतेहरूकाे लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ।

वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेकाे ना४ख ८५५५ नम्बरकाे यात्रुबस आइतबार बिहान पुलबाट तल खसेकाे हाे। घाइतेकाे उद्धार जारी  रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले  जनाएकाे छ। घटनाकाे थप विवरण भने आउन बाँकी छ।

बसकाे अगाडीकाे चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेकाे प्रहरीकाे  प्रहरीकाे आश‌ंका छ। घटनाकाे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2022-03-27 13:24:00

प्रतिकृया दिनुहोस्