गौशालामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

File photo
File photo

काठमाण्डौको गौशालामा आज बिहान कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा अन्दाजी ३५ बर्षीय पुरुष रहेका छन्।उनको पहिचान खुल्न सकेको छैन।

चावहिलबाट सिनामंगल तर्फ जाँदै गरेको बा २० च ७१२९ नम्बरको कारले आज बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

कारको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेजमा उपचारको क्रममा बिहान पौने ८ बजे मृत्यु भएको हो। 

प्रकाशित मिति: : 2022-03-27 13:08:00

प्रतिकृया दिनुहोस्